राजनीति


निर्मला र भागरथीको नाम लिँदै स्रंगौलाले भने- ओलीले जे भन्छन् त्यो गर्दैनन्

निर्मला र भागरथीको नाम लिँदै स्रंगौलाले भने- ओलीले जे भन्छन् त्यो गर्दैनन्

नेपालखबर
फागुन २, २०७७ आइतबार ४:१०,

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीले भनेको भन्दा ठिक उल्टो मात्रै गर्दै आएको टिप्पणी गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् संग्रौलाले ओलीतन्त्रमा पीडितले न्याय नपाउने टिप्पणी गरेका हुन्।

‘तथ्यहरूको रास भन्छ- प्रम ओली जे गर्छु भन्छन्, उनको सरकार सधैँ त्यसको ठीक उल्टो गर्छ,’ संग्रौलाले ट्वीट गर्दै भनेका छन्, ‘बुटवलमा ओलीले भनेछन्- ‘निर्मला र भागीरथी हत्याका घटनाका अपराधीलाई पानीमुनि भए पनि छाडिने छैन। यसको अर्थ हो, ती अपराधी कहिल्यै पक्राउ पर्ने छैनन्। यो राम्रो चिनिएको ओलीतन्त्र हो!’

प्रधानमन्त्री केपी ओलीले शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त र बैतडीकी किशोरी भागरथी भट्टका हत्यारा पानीमुनी भए पनि नछाडिने दाबी गरेका थिए।

अढाई वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा अझै पक्राउ परेका छैनन्। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको दुई साता बित्न लाग्दासमेत प्रहरीले अझै हत्याराको सुइँकोसमेत फेला पार्न सकेको छैन। जसको कारण सरकारको चौतर्फी आलोचना हुँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad