राजनीति


प्रचण्डले सक्नुहुन्न भने जनयुद्धमा भएको १७ हजारको बलिदानीको जिम्मा हामी लिन्छौँ : लेखराज भट्ट

प्रचण्डले सक्नुहुन्न भने जनयुद्धमा भएको १७ हजारको बलिदानीको जिम्मा हामी लिन्छौँ : लेखराज भट्ट

नेपालखबर
फागुन १, २०७७ शनिबार ६:८,

उद्योग, वागिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जनयुद्धका क्रममा भएको १७ हजारको बलिदानीको जिम्मा आफूहरुले लिने बताएका छन्।

शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी समिति सदस्य समेत रहेका भट्टले प्रचण्डले ५ हजारको जिम्मा लिने भन्दै हिँडेको बताउँदै आफूहरुले १७ हजारकै जिम्मा लिने बताएका हुन्।

उनले जनयुद्ध लड्ने क्रममा समाजवादको सपना देखेको जनतालाई युद्धका लागि आह्वान गरिएको भन्दै त्यसको जिम्मा लिनु पर्ने बताएका हुन्।

‘हिजो हामीले जनयुद्ध लड्दा समाजवाद, साम्यवादको सपना देखेर, देशको पुनर्निर्माण हुन्छ भनेर तपाईंहरुलाई लडाइएको हो। स्कुलमा पढ्दापढ्दै बुजुर्वा शिक्षा काम छैन, अहिलेको आवश्यकता मुक्ति वा मृत्यु हो भनेर भने हामीले तपाईंहरुलाई निकालेका हौँ’, उनले भने, ‘आज टुँडिखेलमा गएर उहाँ (प्रचण्ड) ५ हजारको जिम्मा लिन्छु भन्नुहुन्छ। किन ५ हजार १७ हजारको किन नलिने? प्रचण्डले त्यो सक्नुहुन्न, उहाँमा कायरता आएको हो भने जनयुद्धका क्रममा १७ हजारको बलिदानी भएको छ। त्यसको जिम्मा हामी लिन्छौँ।’

उनले युद्धपछिको १४ वर्षमा प्रचण्डले जनयुद्धका योद्धाहरुलाई एकपटक पनि नसम्झेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad