राजनीति


नेपालसहित छिमेकी देशमा चीनको प्रभाव बढ्दो छ, सतर्क हुनुपर्छः भारतीय सेना प्रमुख

नेपालसहित छिमेकी देशमा चीनको प्रभाव बढ्दो छ, सतर्क हुनुपर्छः भारतीय सेना प्रमुख

नेपालखबर
फागुन १, २०७७ शनिबार ६:७,

उनका अनुसार वास्तविक नियन्त्रण रेखामा चीनले यथास्थितिको अवस्थालाई परिवर्तन गर्ने कोसिस गरेका छन्। चिनियाँ रबैयाकै कारण भारतको भरोसा टुटेको उनको भनाइ छ।

आसाम राइफल्स र युनाइडेट इन्स्टिट्युसनले शुक्रबार उत्तरपूर्वी क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताको विषयमा कार्यक्रम आयोजना गरेका थिए। जहाँ नरवाणेले क्षेत्रीय सुरक्षा र निनियाँ प्रभावबारे आफ्ना भनाइहरु राखेका थिए।

हालै भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकैको विवादित क्षेत्र पाङगोङ सो तालबाट पछाडि हट्ने सहमति बनेपछि नै नरवाणेले चीनकै कारण सीमा विवाद बढेको आरोप लगाएका हुन्।

सो क्रममा नरवाणेले नेपालसहित भारतका छिमेकी राष्ट्रमा चिनियाँ प्रभाव बढेकाले आफूहरु सतर्क हुनुपर्ने पनि बताएका छन्।

उनी भन्छन्,‘नेपाल भारतको पुरानो र दीर्घकालीन साझेदार राष्ट्र हो। तर पछिल्लो समय त्यहाँ चिनियाँ लगानी बढेको छ र त्यहाँ राजनीतिक अस्थिरता देखिएको छ।’

नरवाणेका अनुसार चीनको मामिलामा भुटान भने आफ्नो दृष्टिकोणमा सतर्क छ, साथै उनले बंगलादेशसँग पछिल्लो समय भारतको सम्बन्ध मजबुत बन्दै गएको पनि बताए।

चीनले यी देशहरुमा प्रभाव जमाउन खोज्दा भारतको उत्तरपूर्वी क्षेत्रमा असर परिरहेको नरवाणेको भनाइ छ। उनका अनुसार आफ्ना सेनाको नजर यो बदलावमा रहेकाले भारत यस क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न तयार र सतर्क छ।

 इन्डो–प्यासिफिक क्षेत्रका कमजोर मुलुकलाई प्रभावित पार्न खोजेको बताउँदै नरवाणेले कमजोर मुलुकलाई चीनले बेल्ट एन्ड रोड इनिसियटिभ्स अवधारणाअनुसार क्षेत्रीय हिसाबमा निर्भर बनाउन खोजेको पनि आरोप लगाएका छन्। द प्रिन्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad