राजनीति


पेरिसडाँडाबाट प्रचण्डको चेतावनी : हजारौँ कंकालहरु चिहानबाट निस्केर परिवर्तन रोक्न खोज्नेविरुद्ध धावा बोल्नेछन्

पेरिसडाँडाबाट प्रचण्डको चेतावनी : हजारौँ कंकालहरु चिहानबाट निस्केर परिवर्तन रोक्न खोज्नेविरुद्ध धावा बोल्नेछन्

नेपालखबर
फागुन १, २०७७ शनिबार ५:३७,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदको बलिदानी र लाखौँ जनताको प्रयासबाट प्राप्त भएको उपलब्धिलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरुलाई त्यो स्वीकार्य नहुने बताएका छन्।

 जनयुद्ध दिवसका अवसरमा शनिबार बिहान पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनी समेत दिए।

अध्यक्ष प्रचण्डले सात दशक लामो संघर्ष र हजारौँको बलिदानबाट प्राप्त उपलब्धि खतरामा रहेको भन्दै फेरि एकपटक बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने समय आएको बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौँ सहिदको बलिदानबाट बनेको संविधान र गणतन्त्रलाई किच्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए।

 

‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी ठूलो भ्रममा छन्। यो भ्रमबाट छिट्टै मुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाब दिन चाहान्छु’, उनले भने, ‘नत्र भने हजारौ कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकाविरुद्ध धावा बोल्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad