राजनीति


रामकुमारी झाँक्री पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटको पेशी २ गते

रामकुमारी झाँक्री पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटको पेशी २ गते

नेपालखबर
माघ २९, २०७७ बिहिबार ११:४९,

सर्वोच्च अदालतमा नेकपा नेतृ रामकुमारी झाक्रीको पक्राउविरुद्ध दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटको पेशी आगामी २ गतेका लागि तोकिएको छ।

उनकाे पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्यले दायर गरेको रिट आजै सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो।

रिटमा गृह मन्त्रालय, महानगरीय प्रहरी परिसर टेकु, प्रहरी प्रधान कार्यालय नक्साल, अपराध अनुसन्धान महाशाखा बानेश्वरलाई विपक्षी बनाइएको छ।

झाक्रीले कुनै गैरकानुनी काम नगरेको, संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरेको र सोही सिलसिलामा संसद विघटनको विरोध गर्नु प्रचलित कानुनविपरीतको कार्य नभएको जिकिर गरिएको छ। त्यस्तै उनको पक्राउ नेपालको संविधानको धारा १६, १७, १८, २० र २७ को विपरीत भएकोले आजै थुनामुक्त गर्न माग गरिएको छ।

उनलाई हिरासतमा यातना दिने सम्भावना समेत रहेको दाबी गरिएको छ।

झाँक्रीलाई आज दिउँसो प्रहरीले शंखमूलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध राज्यविरुद्धको कसुर गरेको आरोप लागेको छ। गोरखामा केही दिनअघि झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गरिएको हो।

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad