अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको कार्य विभाजन गरिएको छ।
विभिन्न मन्त्रालय हेर्ने गरी उनीहरूको जिम्मेवारी तोकिएको हो।
अख्तियार स्रोतका अनुसार सबै आयुक्तलाई महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालय पर्नेगरी काम बाँडफाँड गरिएको हो।
जसअनुसार प्रमुख आयुक्त प्रेमकुमार राईलाई गृह, रक्षा र सुरक्षा निकायको जिम्मेवारी दिइएको छ भने अर्थ, पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेसनको जिम्मा पनि उनले पाएका छन्।
यस्तै आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अर्का आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा, न्याय र कानुनसम्बन्धी तथा सहरी विकासलगायत मन्त्रालयको जिम्मेवारी परेको छ।
आयोगको प्रवक्ता नारायणप्रसाद रिसाललाई बनाइएको छ।
यसैबीच आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिकोत्सव मनाइँदै छ।

प्रतिक्रिया