ad ad

राजनीति


१८३ दिन नेपाल बाहिर बसेका व्यक्तिलाई एनआरएनको मान्यता दिन आग्रह

१८३ दिन नेपाल बाहिर बसेका व्यक्तिलाई एनआरएनको मान्यता दिन आग्रह

नेपालखबर
माघ २७, २०७७ मंगलबार १४:११,

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एक वर्षमा १८३ दिन नेपाल बाहिर बसेका व्यक्तिहरुलाई गैर आवासीय नेपालीको मान्यता दिन आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको भेटमा अध्यक्ष पन्तले एक वर्षमा १८३ दिन नेपाल बाहिर बसेका व्यक्तिहरुलाई समेत गैरआवासीय नेपालीको परिभाषा भित्र समावेश गर्न सुझाव दिएका हुन्।

त्यस क्रममा अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आब २०७४-७५ र २०७५-७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराए। विशेष महाधिवेशनले विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गराइ आगामी दिनमा पनि एक ढिक्का भई अघि बढ्न थप प्रोत्साहित गरेको अध्यक्ष पन्तले बताए।

विशेष महाधिवेशनमा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीहरुले सहज, सरल र उत्साहपूर्वक भाग लिएको भन्दै अध्यक्ष पन्तले आगामी दिनमा गरिने महाधिवेशनलाई पनि भर्चुअल (अनलाइन) माध्यमबाटै गर्ने योजना बनाएको जानकारी गराए।

अध्यक्ष पन्तले संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानूनी अड्चन फुकाई सहज रुपमा लगानीको वातावरण बनाउन आग्रह गरे।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले अत्यन्तै सौहाद्रपूर्ण र व्यवस्थित रुपमा विशेष महाधिवेशन सम्पन्न गरेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई बधाई ज्ञापन गरे।

मन्त्री ज्ञवालीले सरकारले जी टु जी माध्यमबाट विभिन्न राष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउन पत्राचार गरेको जानकारी गराउँदै त्यसको विश्वसनियता, आपूर्तिको अवस्था, वितरण तथा भण्डारणका मापदण्ड अनुसार उपयुक्त आपूर्तिकर्ता छनोट गर्ने प्रक्रियाको थालनी गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .