राजनीति


म्यान्मारमा सैनिक शासनविरुद्ध शंख फुक्दै नेपालीभाषीले पनि लगाए नारा (भिडिओ)

म्यान्मारमा सैनिक शासनविरुद्ध शंख फुक्दै नेपालीभाषीले पनि लगाए नारा (भिडिओ)

नेपालखबर
माघ २७, २०७७ मंगलबार १०:१८,

सैनिकले राज्यसत्ता हत्याएको विरोधमा म्यान्मारमा जारी प्रदर्शनमा धेरै जना नेपालीभाषी पनि सहभागी भएका छन्।

त्यहाँको सैनिक सरकारले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको भए पनि त्यसलाई तोड्दै नेपालीभाषी पनि विरोध प्रदर्शनमा सहभागी भएका हुन्।

म्यान्मारमा कार्यरत नेपाली पत्रकार दीपक भट्टराईले नेपालीभाषीले नारा लगाइरहेको संक्षिप्त भिडिओ सामाजिक सञ्जालमा राखेका छन्।

उनले लेखेका छन्, ‘सैनिक सरकारले ५ जनाभन्दा धेरै भेला हुन लगाएको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शनमा हिँडिरहेका बर्मेली (म्यान्मारी) ले रंगुन सहरबाट पठाएको भिडियो। आज पनि हजारौं प्रदर्शनकारी सडकमा आएका छन्। नेपालीभाषी राजनीतिमा त्यति ध्यान नदेलान् भन्ने थियो। तर धेरै जना सडकमा आएर र फेसबुकमा फोटा हालिरहेका छन्।’

हेर्नुहोस्, भिडिओ :  

म्यान्मारमा गत हप्ताकाे सोमबारदेखि सेनाले नेत्री आङ सान सुची, राष्ट्रपति, मन्त्रीहरू सबैलाई नियन्त्रणमा लिएर शासन सत्ता हातमा लिएको छ।

सैनिक शासन अस्वीकार गर्दै त्यहाँका नागरिकले निरन्तर आन्दोलन गरिरहेका छन्। आजदेखि ५ जनाभन्दा बढी भेला हुन नपाइने भन्दै निषेधाज्ञा जारी गरिए पनि आन्दोलनकारीले अवज्ञा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad