राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास भइरहेको छ: प्रचण्ड

प्रतिनिधि सभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास भइरहेको छ: प्रचण्ड

नेपालखबर
माघ २७, २०७७ मंगलबार १०:१७,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा कुरा भइरहेको बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल लोकतन्त्रको हत्या भएको र यो अवस्थामा नेपाली जनताले लोकतन्त्रको रक्षाका लागि ‘तपाईंहरुको समर्थन चाहेको’ भनी बताएको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय समर्थन जुटाउन भारत, चीन, अमेरिका, युरोपियनसँग हाम्रो कुरा भइराखेको छ’, प्रचण्डले भने , ‘हामीले सार्वजनिक अपिल पनि गरेका छौं। नेपालमा लोकतन्त्रको हत्या भएको छ। लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेका छौं।’

उनलाई सरकारले बैशाखमा चुनाव गराउने नै भयो भने के गर्नुहुन्छ? भनी सोधिएको प्रश्नमा उनले आफूहरु निर्वाचन विरोधी नभएको हुँदा चुनावबाट नभाग्ने तर असंवैधानिक र अलोकतान्त्रिकको बाटोमा गयो भने त्यसबारे गम्भीर हिसाबले सोच्ने बताए।

प्रचण्डले बैशाखमा निर्वाचन नहुने पुष्टि भइसकेको हुँदा देश गम्भीर संकटतर्फ उन्मूख भएको उनको भनाइ थियो।

अहिलेको परिस्थितिका बाबजुद पनि सरकार चुनाव गराउने नै भनी अघि बढ्यो भने सो पक्षले के गर्छ भनी दोहो¥याएर राखिएको जिज्ञासामा उनले आफूहरु त्यसबारे अहिले निष्कर्षमा पुगिनसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad