राजनीति


कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य

कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य

नेपालखबर
माघ २७, २०७७ मंगलबार ४:४४,

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियाे। 

लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने भन्दै नागरिकले सडक आन्दाेलन नै गरेका थिए। 

प्रतिनिधि सभा विघटन भएपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका नेकपा नेता वर्षमान पुनले पनि जनताको आवाजअनुसार घिसिङको पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषद् तथा सीधै प्रस्ताव लाँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाउने गरेका छन्।

कार्यकाल पूरा भएपछि घिसिङ गत भदौ २८ गते प्राधिकरणको निर्देशक पदबाट बाहिरिएका थिए। त्यसपछि लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो भने गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो।

उनै शाक्यलाई अहिले सरकारले कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad