राजनीति


प्रतिक्रान्तिको वकालत गर्ने ओली इतिहासमै कलंकित : प्रचण्ड

प्रतिक्रान्तिको वकालत गर्ने ओली इतिहासमै कलंकित : प्रचण्ड

नेपालखबर
माघ २६, २०७७ सोमबार १३:४९,

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आव्हान गरे।

पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरित कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरु त्यस विरुद्धको संघर्षमा उत्रेको उनले स्पष्ट पारे। उनले संविधान, लोकतन्त्र र गणतन्त्र विरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको तर्क गरे।

‘केपीजीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो। उहाँले बाजी हार्नुभयो। उहाँ कलंकित पनि हुनु भयो इतिहासमा र उहाँले जित्ने कुनै सम्भावना छैन। हामी जहाँ उभियौं, संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र सम्मृद्धिको पक्षमा हामी उभियौं' उनले भने, 'त्यसकारण हामीले लडाईं जित्यौं। अब उहाँले एकपछि अर्को हार्नु बाहेक अर्को विकल्प छैन। हामी दहेसँग उभिँदा हाम्रो जीत कसैले रोक्नै सक्तैन। हामी बिजयी हुन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad