राजनीति


हाइटीमा पनि भयो सत्ता कब्जाको प्रयास, राष्ट्रपतिको हत्या गर्न खोजियो

हाइटीमा पनि भयो सत्ता कब्जाको प्रयास, राष्ट्रपतिको हत्या गर्न खोजियो

नेपालखबर
माघ २६, २०७७ सोमबार ५:२६,

त्यहाँका राष्ट्रपति जोभेनल मोइजका अनुसार उनलाई हत्या गर्ने र त्यसपछि सत्ता कब्जा गर्ने योजना बनेको थियो।

बीबीसीका अनुसार सत्ता कब्जा गर्ने योजना असफल भएको छ। कूको प्रयास गरेको आरोपमा २३ भन्दा बढी गिरफ्तार भएका छन्।

शीर्ष न्यायाधीश, प्रहरीका उच्च अधिकारीहरु पक्राउ परेका हुन्। राष्ट्रपति जोभेनल मोइजले आफ्नो कार्यकाल सन् २०२२ मा सकिने दाबी गर्दै आएका छन्।

Image result for Jovenel Moïseराष्ट्रपति जोभेनल मोइज

तर त्यहाँका विपक्षीहरुले उनको कार्यकाल आइतबार सकिएको बताउँदै विरोध स्वरुप प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारी र प्रहरीबीच राष्ट्रपतिको कार्यकालको विषयमा झडपसमेत भएको छ। प्रदर्शनकारीले संविधानको उल्लंघन गर्दै जोभेनल मोइज सत्तामा बसिरहेको बताएका छन्।

बीबीसी संवाददाता विल ग्रान्टका अनुसार दुई पक्षका दुई भिन्न संवैधानिक व्याख्याका कारण र राष्ट्रपतिको हालको कार्यकालका कारण त्यहाँ विवाद देखिएको छ।

सन् २०१६ को विवादित निर्वाचनपछि राष्ट्रपतिको कार्यकाल आइतबार सकिएको विपक्षीहरुको भनाइ छ। तर राष्ट्रपति मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी भएको र त्यस अगाडि आफूले पद नछाड्ने बताएका छन्।

सन् २०१९ मा व्यवस्थापिकाको निर्वाचन स्थगित भएपछि मोइजले विशेष आदेश जारी गर्दै दोस्रो कार्यकाल चलाइरहेका छन्।

तर उनको समयावधि सकिएको विपक्षीहरुको भनाइ छ। हाल प्रदर्शन जारी छ।

हालै अमेरिकाले हाइटीका राष्ट्रपति जोभेनल मोइजलाई साथ नदिने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad