कोरोनाविरुद्ध खोप लगाइरहनुभएको छ भने यो खबर तपाईंले पढ्न जरुरी छ।
अमेरिकाका वैज्ञानिकले हालै गरेको अनुसन्धानले तनाव एवं डिप्रेसन छ भने तपाईंलाई कोरोनाविरुद्धको खोपको प्रभाव कम पर्न सक्छ भन्ने देखाएकाे छ।
साधारण भाषामा भन्दा कोरोना खोप लगाएपछि बढ्नुपर्ने रोग प्रतिरोधी क्षमतामा तनाव र डिप्रेसनले असर पार्न सक्छ।
ओहियो स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अनुसन्धानले के देखायो भने कोरोना खोपको असर मानसिक स्वास्थ्यसँग जोडिएको छ। अहिलेसम्म भएका अलग–अलग अनुसन्धानले तनावले प्रतिरक्षा प्रणालीमा मात्र होइन, शरीरमा १६ किसिमका असर पार्न सक्छ।
तनाव लिँदा टाउको दुख्नेदेखि हृदयाघातसम्मका समस्या आउन सक्छन्।
आफूलाई तनाव छ भनेर कसरी थाहा पाउने?
साइकोलजिस्ट डाक्टर अनामिका पापडीवालका अनुसार कमजोरी महसुस हुनु, निद्रा नलाग्नु, थकाइ लाग्नु, पेट दुख्नु र मांशपेसीमा दुखाइजस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ। किनकि यस्ता लक्षण तनावसँग सम्बन्धित छन्।
उनका अनुसार यी हुन् मानसिक स्वास्थ्य ठीक राख्ने सजिला ४ तरिका
१. साथी र परिवारका सदस्यसँग संवाद गर्न नछाड्नु : परिवारका सदस्य, साथी, आफन्त, नातेदारबाट टाढा नहुनू। फोन, म्यासेज, अन्तरक्रिया आदिबाट उनीहरूसँग सम्पर्क गरिरहनू।
डा. अनामिका भन्छिन्, ‘हामी कुराकानी गरिरहन्छौं भने मनमा नकारात्मक विचार कमै आउँछन्। तनाव र डिप्रेसन तिनलाई बढी भएको छ, जो एक्लोपना महसुस गर्छन्।’
२. आफूलाई आफ्नो रुचिको काममा व्यस्त राख्नुहोस्
तनाव हटाउने सबैभन्दा राम्रो तरिका हो– आफूलाई त्यस्तो काममा व्यस्त राख्नु, जुन आफूलाई मन पर्छ। जस्तो : लेखन, बगैंचामा काम गर्ने/घुम्ने, नाच्ने, व्यायाम आदि। घरमा हुनुहुन्छ भने आफ्ना सीप प्रयोग गर्नुहोस्, जसले गर्दा दिमागमा नराम्रा विचार आउन नपाउन्।
३. संगीत सुन्नुहोस्
संगीतले उदास मनमा ऊर्जा भर्ने काम गर्छ। यो अनुसन्धानले पुष्टि गरेको कुरा हो। जब कहिलेकाहीं तनाव वा डिप्रेसन हुन्छ, तब बीचबीचमा संगीत सुन्नुहोस्। संगीतले शरीरमा यस्तो हर्माेन पैदा गरिदिन्छ, जसको मद्दतले तपाईंलाई खुसी बनाउँछ।
४. जहिले घरभित्र सीमित हुनु राम्रो होइन
तनाव भइरहेको छ भने आफूलाई घरमा मात्रै सीमित नराख्नुहोस्। बाहिरफेर घुमफिर गर्नुहोस्। साथीसँग विभिन्न योजना बनाउनुहोस्। जसले गर्दा ध्यान त्यसतर्फ मोडिन्छ र मनको उदासीपन हटेर जान्छ। आफूलाई जति व्यस्त राख्नुहुन्छ, उत्ति नै फाइदा हुन्छ। एजेन्सी
Shares

प्रतिक्रिया