राजनीति


प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

नेपालखबर
माघ २५, २०७७ आइतबार १६:३,

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जंगीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आज अवलोकन गरेका छन्।

राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ। राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो।

मुलुकभित्र र बाहिरका सम्पूर्ण देशप्रेमी र इतिहाससँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले पृथ्वीनारायण शाह र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पन तथ्यपरक सामग्री उक्त केन्द्रमा उपलब्ध हुने छ।

केन्द्रमा शाहवंशीय वंशवृक्ष, राष्ट्र निर्माताको ५२ हातको हस्तलिखित जन्मकुण्डली र युद्धका लागि निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तकलगायत सामग्री राखिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad