राजनीति


प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको सांकेतिक विरोध

प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको सांकेतिक विरोध

नेपालखबर
माघ २४, २०७७ शनिबार ८:५,

प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज सांकेतिक विरोध प्रदर्शन गरिएको छ।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन्। सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा काठमाडौँको टुँडिखेललाई केही समय मानवसांलो बनाई घेराउ गरिएको थियो।

May be an image of one or more people, people standing, crowd and outdoors

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनलगायतका संघसंस्थाको अगुवाइमा भएको हो।

May be an image of 1 person, standing and outdoors

विरोध प्रदर्शन गर्नुअघि ती संगठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए। रासस

May be an image of 4 people, people standing and outdoors

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad