राजनीति


पहिला चीनसँग पारवहन सम्झौता गर्दा प्रधानमन्त्रीबाट हटाइयो, अहिले नक्सा छाप्दा हटाउन खोजियो : ओली

पहिला चीनसँग पारवहन सम्झौता गर्दा प्रधानमन्त्रीबाट हटाइयो, अहिले नक्सा छाप्दा हटाउन खोजियो : ओली

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमी समेटेर नक्सा बनाएको दिनदेखि नै आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा छापेदेखि नै केही व्यक्तिहरु केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाइ नहुने अवस्थामा पुगेको र षडयन्त्र सुरु गरेको बताए।

‘पहिलो कार्यकालमा चीनसँग पारवहन सम्झौता गरेलगत्तै मलाई प्रधानमन्त्री पदबाट हटाइयो’ उनले भने, ‘अहिले नक्सा छापेपछि कतिपय मानिसहरुलाई केपी ओलीलाई नहटाइ नहुने भएको थियो। संविधान संशोधन गरेकै दिनदेखि उनीहरु मलाई हटाउन खोजेका थिए।’

प्रधानमन्त्री ओलीले आफूले भूपरिवेष्ठित देशलाई भूजडित बनाएको, तीब्र विकास निर्माण गरेको र सडक बालबालिका, ज्येष्ठ नागरिक, मजदुर किसानको हितमा काम गरेको र राष्ट्रियताको सम्बर्द्धन गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad