प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा गरेका नियुक्तिको विरोधमा नागरिक समाजले भोली शुक्रबार बिहान शीतलनिवास मार्च गर्ने भएका छन्।
संवैधानिक अंगहरुमा अवैधानिक नियुक्ति गरिएको भन्दै त्यसको प्रतिरोधमा बृहत् नागरिक आन्दोलन आयोजकहरुले शुक्रबार बिहान ७ बजे लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म मार्चपास गर्न लागिएको जनाएका छन्।
संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संशोधन गरी परिषद्को बैठक बस्न आवश्यक संख्या (कोरम) घटाएर बैठक बसाई संवैधानिक निकायहरुमा करिब तीन दर्जन पदाधिकारीको नियुक्ति सिफारिश गरिएको थियो।
सो सिफारिश असंवैधानिक र गलत रहेको भनी परिषदका सदस्य रहने सभामुख अग्निप्रसाद सापकोटालगायत चौतर्फी विरोध हुँदाहुँदै हिजो बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा सिफारिश गरिएका व्यक्तिहरुको सपथग्रहण गराइएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई लगायत बिभिन्न आयोगका प्रमुख र अन्य आयुक्तहरुले कार्यभार सम्हालिसकेका छन्।

Shares

प्रतिक्रिया