प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुन मानेर अगाडि बढ्न सुझाब दिएका छन्।
बिहीबार काठमाडौँमा आयोजित किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन मान्दिन भन्ने दिन गएको बताए।
उनले प्रचण्ड–नेपाल समूहले कानुन मान्दैनौँ भन्दै सबैलाई थर्काउँदै हिँडेको बताए। उनले प्रमुख जिल्ला अधिकारीदेखि अदालत र निर्वाचन आयोगसम्मलाई थर्काउँदे हिडेका आरोप लगाए।
'कानुनको पालना गर्नुहोस्, हप्कीदप्की गर्ने होइन्। कानुनको पालना गर्न सिक्नुहोस् । लोकतन्त्र भनेको कानुनको राज हो बलमिच्याइँको होइन’, उनले भने, ‘प्रचण्डलाई म सम्झाउन चाहन्छु, कानुनको पालना गर्न गर्दिन भन्ने ती दिन गए। जतिबेला तपाईं संविधान मान्दिन, कानुन मान्दिन भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो। त्यो जमाना गयो।’
उनले पार्टी फुटेको नभई तीन करोड जनातामा दुई/चारजना दायाँबायाँ भएको भन्दै आगामी निर्वाचनका आफ्नो पक्षमा स्पष्ट बहुमत आउने दावी गरे।
‘दुई/चार जना दायाँबाँया लागेका हुन, पार्टी फुटेको होइन’, उनले भने।

प्रतिक्रिया