राजनीति


प्रचण्ड-नेपाल समूहले राख्यो बिहीबार देशव्यापी आमहड्ताल

प्रचण्ड-नेपाल समूहले राख्यो बिहीबार देशव्यापी आमहड्ताल

नेपालखबर
माघ २१, २०७७ बुधबार ६:३५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ।

भोली बिहीबार देशव्यापी रुपमा राजनीतिक हड्ताल घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।

‘भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र शपथ विरुद्ध भोलि आम हड्ताल गर्ने निर्णय भएको छ’, प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले भने, ‘अहिले पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad