समाज


कंगनाले रिहानालाई मूर्खको संज्ञा दिँदै भनिन्ः भारतका किसान आतंकवादी हुन्

कंगनाले रिहानालाई मूर्खको संज्ञा दिँदै भनिन्ः भारतका किसान आतंकवादी हुन्

नेपालखबर
माघ २१, २०७७ बुधबार ६:२२,

यसबीचमा विश्व चर्चित गायिका रिहाना र अभियन्ता ग्रेटा थनबर्गले भारतको किसान आन्दोलनलाई साथ दिएका छन्।

रिहानाले मानिसहरुले भारतको किसान आन्दोलनबारे बोल्नुपर्ने बताउँदै सीएनएनको एउटा समाचार ट्वीट गरेकी छिन्। त्यहाँ किसान आन्दोलनपछि इन्टरनेट बन्द गरियो भन्ने शीर्षकको समाचार छ।

यस्तै ग्रेटाले पनि ट्वीटमा भारतको किसान आन्दोलनलाई साथ रहेको बताएकी छिन्। भारतको किसान आन्दोलनको विषय बेलायतको संसदमा पनि उठेको छ।

बेलायती सांसद तनमनजीत सिंह धेसीले विश्वले भारतको किसान आन्दोनलाई नियाली रहेको बताएका छन्।

यसबीचमा भारतीय अभिनेत्री कंगना रणावत भने रिहाना लगायत अन्य मानिसले भारतको किसान आन्दोलनको विषयमा बोलेकोमा रुष्ट भएकी छिन्।

रिहानाको ट्वीटलाई रिट्वीट गर्दै उनले किसानलाई आतंकवादी भनेकी छिन्। उनी भन्छिन्,‘कोही यस विषयमा यसकारण बोल्दैनन् किनभने उनीहरु किसान होइनन् आतंकवादी हुन्। जो भारतलाई विभाजित गर्ने कोसिस गरिरहेका छन् ताकि चीनले हाम्रो देशमा कब्जा गर्न सकोस्।’

ट्विटमा रिहानालाई कंगनाले मूर्ख व्यक्तिको संज्ञा पनि दिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad