ad ad

राजनीति


म्यानमारको सैन्य कूप्रति खेद व्यक्त गर्ने सुरक्षा परिषद्को प्रस्ताव चीनले रोक्यो

म्यानमारको सैन्य कूप्रति खेद व्यक्त गर्ने सुरक्षा परिषद्को प्रस्ताव चीनले रोक्यो

नेपालखबर
माघ २१, २०७७ बुधबार ५:३,

म्यान्मारमा गरिएको सैन्य कूप्रति खेद प्रस्ताव पारित गर्ने राष्ट्र संघको सुरक्षा परिषद्को प्रस्तावलाई चीनले रोकेको छ।

दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा सोमबार सेनाले त्यहाँका राष्ट्रपति, लोकतन्त्रवादी नेतृ आङसाङ सुची लगायतलाई नजरबन्दमा राख्नुका साथै अन्य नेताहरुलाई पक्राऊ गरेर सत्ता कब्जा गरेको हो।

सुरक्षा परिषद्को मंगलबार बसेको बैठकमा म्यानमारमा भएको घट्नाप्रति खेद व्यक्त गर्ने संयुक्त प्रस्ताव तयार गरिएको थियो।

तर सुरक्षा परिषद्को भिटो शक्तिप्राप्त राष्ट्र चीनले त्यसप्रति समर्थन नजनाएपछि सो प्रस्ताव रोकिएको बीबीसीले जनाएको छ।

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका भिटो शक्तिप्राप्त राष्ट्र हुन्।

सुरक्षा परिषद्का कुनै सदस्य राष्ट्रलाई चित्त नबुझेको प्रस्ताव भिटो शक्ति प्रयोग गरी रोक्नसक्छ।

त्यसो त, सो बैठकअघि नै म्यानमारका लागि राष्ट्रसंघीय विशेष दूतले भने म्यानमारको सैन्य कदमको कडा शब्दमा निन्दा गरेकी थिइन्।

म्यानमारको सेनाले हालै भएको निर्वाचनको परिणाम अस्वीकार गर्दै सो कदम चालेको हो।

यो पनि:
यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .