ad ad

राजनीति


पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र गरियो : नेपाल

पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र गरियो : नेपाल

नेपालखबर
माघ १९, २०७७ सोमबार १२:४९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन्।

सोमबार नेकपा प्रचण्ड­-नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने सडयन्त्र भइरहेको बताएका हुन्।

निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षडयन्त्र भइराखेको अनुभुति भएको बताए। केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दावी गर्दै अध्यक्ष नेपालले आफूहरु नै आधिकारिक भएको बताए।

उनले भने, ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरु उठाउन खोजेको देखिन्छ। प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन् त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ? दावा गर्न मिल्छ? त्यसो हुनाले सबै सवालहरुको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ। हरेक सडयन्त्र भइरहेका छन की पार्टीको आधिकारिकताको कसैलाई पनि नदिने, निर्वाचन चिन्ह कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षडयन्त्रहरु भइरहेको छ।’

विगतमा पनि यस्ता षडयन्त्रहरु भइरहेको तर निर्वाचन आयोगले कानून र यथार्थको आधारमा निर्णय गरेको नजिरहरु रहेकोले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामी सम्झनु पर्दछ विगतमा पनि अनेक षडयन्त्रहरु भएका थिए तर तत्कालिन समयमा निर्वाचन आयोगका पदाधिकारीहरुले कुनै दवावको सामु झुकेनन्, उनीहरुले कानून हेरे यथार्थलाई हेरे, कानून र यथार्थको आधारमा निर्णय गरेका छन्। ती निर्णयहरु नजिरको रुपमा रहेका छन्। ती नजिरहरुलाई बेवास्ता गरिकन अनेक ढंगले चल्ने किसिमका प्रयत्न हुन सक्दछन् त्यो हुनाले हामी होसियार बन्न आवश्यक छ।’

अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक नेतृत्व आफूहरुले नै रहेको दावी समेत गरेका छन्। दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .