हङकङः चीनले मान्यता नदिए पनि नर्थ पोइन्टमा बीएनओ पासपोर्ट बनाउनेको घुइँचो

हङकङः चीनले मान्यता नदिए पनि नर्थ पोइन्टमा बीएनओ पासपोर्ट बनाउनेको घुइँचो

नेपालखबर
माघ १९, २०७७ सोमबार १२:३६,

यद्यपी सोमबार नर्थ पोइन्टस्थित बेलायतको भिसा सेन्टरमा बीएनओ पासपोर्ट बनाउने र बेलायत बस्न चाहनेको घुइँचो लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सोमबार नर्थ पोइन्टमा वृद्धवृद्धा तथा अभिभावकहरु आफ्ना साना छोरा–छोरीको साथमा पुगेको बताइएको छ।

त्यहाँ पहिलेभन्दा अधिक भीडभाड देखिएको थियो।

हङकङमा मुख्यक्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरेर एक देश दुई प्रणालीका साथै हङकङको स्वतन्त्रता खोसेको आरोप लगाउँदै बेलायतले बीएनओ बाहकलाई बेलायत बस्न अनुमति दिने बताएको छ भने उनीहरुसँग आश्रितलाई बीएनओ बनाउन भनेको छ।

यस भिसा परियोजनामार्फत हङकङका ३० लाखभन्दा बढी वयस्क र तिनमा आश्रित २३ लाखभन्दा बढी गरी झन्डै ५४ लाखलाई बेलायत बस्ने ढोका खुलेको छ।

यसै आइतबारदेखि बीएनओ पासपोर्ट हुनेहरुले बेलायत बस्ने आवेदन दिनसक्ने र बीएनओको लागि फारम भर्नसक्ने बेलायतले घोषणा गरेको थियो।

तर आइतबारदेखि नै बीएनओ पासपोर्टलाई मान्यता नदिने चीनले घोषणा गरेको थियो। अब बीएनओले हङकङ बाहिर र भित्र आउन नपाइने नियम लागू भइसकेको छ।

यद्यपी बेलायतले जसरी पनि उनीहरुलाई बेलायत बस्ने व्यवस्था मिलाउने बताएको छ। जसका कारण बीएनओ बनाउने र बेलायत बस्ने आवेदन दिनेको घुइँचो लागेको अनुमान गरिएको छ।

बेलायतले राष्ट्रिय सुरक्षा कानुनको विरोध गर्दै यस्तो कदम चालेको हो। चीनले भने यो आफ्नो आन्तरिक मामिला भएकाले यसमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .