खेल


खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी र न्यू होराइजन विजयी

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी र न्यू होराइजन विजयी

प्रकाश न्यौपाने
माघ १९, २०७७ सोमबार १२:३,

रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार भएको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट र न्यू होराइजन क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ७२ रनले पराजित गरेको छ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९६ रन बनायो। उसका लागि सागर कुँवर ४३, नितिन छन्त्याल २० रन बनाए।

बलिङमा धनगढीमा रजत राना र निरज ऐरले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको धनगढीले १४.३ ओभरमा ३ विकेट क्षतिमा ९९ रन बनायो। उसका उसको जितमा संदीप विष्टले ६४ रन बनाए। यस्तै, पुष्पराज उपाध्यायले १७ रन बनाए। बलिङमा स्टारका अलदीप कुँवर र राजन कुमार भुजले १-१ विकेट लिए। संदीप विष्ट म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस हारेर बलिङको निम्तो पाएको होराइजनले निर्धारित १५ ओभरमा ३ विकेटको क्षतिमा १४६ रन बनायो। उसका लागि अनिल थापाले नटआउट ७० र प्रकाश गिरीले ४० रन बनाए। बलिङमा ओसिसका निश्चल श्रेष्ठ र भार्गव खनालले १-१ विकेट लिए। जवाफी ब्याटिङ गरेको ओसिसले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा ७४ रन बनायो। जसमा सम्राट भुसालले १७ र वबिन बोहराले १६ रन बनाए। बलिङमा होराइजनका सुभम खनालले ३ र अनिल थापाले २ विकेट लिए। खेलमा अनिल थापा म्यान अफ द म्याच भए।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ। पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ।

स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .