राजनीति


अर्थमन्त्रीलाई एमाले नेता ज्ञवालीले भने- विधेयकको ‘पेज सेटिङ’ होइन ‘नीतिगत सेटिङ’ गर्नुभयो भनेर आलोचना भएको हो

अर्थमन्त्रीलाई एमाले नेता ज्ञवालीले भने- विधेयकको ‘पेज सेटिङ’ होइन ‘नीतिगत सेटिङ’ गर्नुभयो भनेर आलोचना भएको हो

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १६:२९, काठमाडौँ

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आज (शुक्रबार) फेसबुकमा स्टाटस लेख्दै उनले पत्रकारलाई उपहास गरेको र आलोचक सांसदहरूलाई धम्क्याएको भन्दै आपत्ति जनाएका हुन्।

‘तपाईँको आलोचनामा सामग्री प्रस्तुत गर्ने मिडियाहरू ‘खोस्टाहरू’ होइनन्। कतिपय सीमाहरू होलान्, तर तिनीहरू लोकतन्त्रका पहरेदार हुन्,’ उनले भनेका छन्, ‘तपाईँले आर्थिक विधेयकमा ‘पेज सेटिङ’ गर्नुभयो भनेर होइन, संसद्को अवमूल्यन गर्दै ‘नीतिगत सेटिङ’ गर्नुभयो भनेर आलोचना भएको हो।’

उनले अर्थमन्त्रीले गरेको परिवर्तनले राजस्व संरचनामा ठूलो फरक पारेको र यसको लाभ लाभग्राही सीमित व्यक्ति र घराना भएको बताए। ‘आफूबारे उठेका प्रश्नहरूको तथ्यसम्मत जवाफ दिनुको साटो तपाईँ त व्यक्तिगत आरोपमा उत्रिनु भएछ। पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड’ चलाउन नजानेका भन्दै उपहास गर्नुभयो र आलोचक सांसदहरूलाई ‘तिम्रो ख़ैरियत छैन’ भन्ने शैलीमा धम्क्याउनु भयो,’ उनले लेखेका छन्, ‘
त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत् कारबाही गर्न कसले रोकेको छ र? तर यस्तो उत्तेजनाले त तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad