पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (सोमबार) केन्द्रीय समितिको बैठक बस्दै छ।
पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठक अहिले ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ।
प्रतिनिधि सभाको विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्ष आन्दोलनरत छ भने विभाजित दुवै पक्षले निर्वाचन आयोगमा पार्टीको नाम र चुनाव चिह्न सूर्यमा दाबी गरेका छन्।
अहिले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–नेपाल पक्षले जुन प्रक्रियाबाट पार्टी र चुनाव चिह्न दाबी गरेका छन् आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेको छ।
आयोगले गत साता नेकपाको अहिलेको अवस्थामा कुनै हेरफेर गर्न नमिल्ने र ओली र प्रचण्ड नै पार्टी अध्यक्ष कायम रहेको जवाफ दिएपछि नेकपा विभाजनले कानुनी मान्यता पाएको छैन।
Shares
प्रतिक्रिया