ad ad

राजनीति


म्यानमारमा नेतृ सुची, राष्ट्रपतिसहित प्रजातान्त्रिक नेतालाई सेनाले नियन्त्रणमा लियो

म्यानमारमा नेतृ सुची, राष्ट्रपतिसहित प्रजातान्त्रिक नेतालाई सेनाले नियन्त्रणमा लियो

नेपालखबर
माघ १९, २०७७ सोमबार १:१९,

म्यानमारमा सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्य मन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ।

पार्टीका प्रवक्ता म्यो न्युनले अन्य नेताहरूलाई पनि सेनाले बिहानै नियन्त्रणमा लिएको छ। 

‘म हाम्रा नेताहरुलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुनअनुसार गरुन् भन्ने चाहन्छु,’ उनले भनेका छन्। 

उनले आफूलाई पनि पक्राउ गरिने आशंका व्यक्त गरेका छन्।

राजधानी र मुख्य सहरका गल्लीमा सेनाको उपस्थिति बाक्लो देखिएको छ। राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।

यसलाई सेनाले सत्ता हत्याउने आशंका रुपमा हेरिएको छ। केही समयदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव बढिरहेको थियो।

गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा स्पष्ट बहुमत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको छ।

सोमबार हुन लागेको संसद्को बैठक पछि सार्न सेनाले सरकारलाई दबाब दिइरहेको थियो।

म्यानमारमा सन् २०११ सम्म सेनाले शासन गरिरहेको थियो। सुकीलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो।

नव गठित संसदको तल्लो सदन आज बस्ने तय भएको थियो। तर सेनाले त्यसलाई रोक्न आग्रह गरिरहेका बेला यो घटना भएको हो।

बर्मा (म्यानमार) मा रहेका बीबीसीका पत्रकार दीपक भट्टराईले ट्विटरमा लेखेका छन् :   

dipakbhattaraibbc

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .