भारतको ओडिसा राज्यको कोरापुट जिल्लास्थित कोटपुतमा आइतबार राति एउटा भ्यान पल्टिँदा ९ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।
कोरापुटका डीएम मधुसूदन मिश्राका अनुसार ओडिसाको सिन्धीगुडा गाउँबाट छत्तीसगढ राज्यको कुल्टा जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन्। घाइतेलाई अस्ताल पठाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भ्यान आफैं अनियन्त्रित भएर रूखमा ठोक्किएको हो।
प्रतिक्रिया