राजनीति


यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने

यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने

नेपालखबर
माघ १८, २०७७ आइतबार ३:३४,

नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ।

आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो।

कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई सरकारले विदेशीलाई पनि नागरिकता दिने नयाँ व्यवस्था ल्याएको हो।

यूएईका उपराष्ट्रपति एवं शासक शेख मोहम्मद बिन रसिद अल मकतुमले भनेका छन्, ‘लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायतका क्षमतावान् व्यक्तिहरुलाई यूएईको नागरिकता दिइने छ।’

साथै ती व्यक्ति तथा तिनको परिवारका सदस्यले दोहोरो नागरिकतासमेत राख्न पाउने उनले बताएका छन्।

बीबीसीका अनुसार यूएईको नागरिकताका लागि अलग्गै आवेदन दिनुपर्दैन। त्यसका लागि यूएईका शाही परिवार र सरकारी अधिकारीले नागरिकता दिइने विदेशी नागरिकको नामावली तयार पार्नेछन् भने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad