प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबार सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको विरोध सभा सफल भएकामा यस पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले नेता भीम रावलको प्रशंसा गरेका छन्।
नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज नेता रावलले फेरि एकपटक आफूलाई अब्बल र जनतामा लोकप्रिय नेताका रूपमा प्रमाणित गरेको नेता रिजालले उल्लेख गरेका हुन्।
त्यस क्रममा उनले नेता रावल बोल्दै गरेका बेला विरोध सभाको छोटो भिडिओ पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।
नेकपाका सुदूर पश्चिम इन्चार्ज तथा प्रखर राष्ट्रवादी नेता डा. भीम रावलले फेरि एकपटक आफूलाई अब्बल नेता, कुशल संयोजनकर्ता र जनतामा लोकप्रिय व्यक्तित्वका रूपमा प्रमाणित गर्नुभएको छ । उहॉको नेतृत्वमा सुदूर पश्चिमले भनेको छ- ‘प्रतिगमन मुर्दावाद !’ विशाल सभा आयोजनाका लागि हार्दिक बधाई ! pic.twitter.com/OukDwhde5P
— Bishnu Rijal (@bishnurijal1) January 30, 2021

प्रतिक्रिया