ad ad

राजनीति


आगामी निर्वाचन प्रचण्ड–नेपालले १० सिट पनि ल्याउँदैनन् : प्रधानमन्त्री ओली

आगामी निर्वाचन प्रचण्ड–नेपालले १० सिट पनि ल्याउँदैनन् : प्रधानमन्त्री ओली

नेपालखबर
माघ १४, २०७७ बुधबार १२:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेबका छन्।

बुधबार आफु नकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले १० सिट पनि नजित्ने दाबी गरेका हुन्।

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी गरे। जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। उनले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने बताए।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको दावी गरे। विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठीक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .