नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका सबै नेता कार्यकर्ता एकताको पक्षमा रहेको दावी गरेका छन्।
बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै एकताको पक्षमा रहेका दावी गरेका हुन्।
‘प्रचण्डको नेतृत्वमा रहेको ठूलो पंक्ति एकताको पक्षमा छ, यो गर्नै हुने थिएन भन्ने पक्षमा छ’, गौतमले भने, ‘केपी ओली नेतृत्वमा रहेको समूहमा पनि उहाँ बाहेक सम्भवत सबै एकताको पक्षमा हुनुहुन्छ।’
उनले दुवै नेकपाका कार्यकर्ताको मनस्थिति बुझ्दा एकताको पक्षमा माहोल देखिएको र एकता भएरै छाड्ने विश्वास व्यक्त गरे।
उनले अहिले आफ्नो पक्षमा केन्द्रीय सदस्य हरि पराजुली मात्रै रहेको बताउँदै आफू पार्टी एकताका पक्षमा लाग्ने बताए। उनले १३ वर्ष लगाएर गरेको एकता तीन वर्षमै टुटेको भन्दै उनले यसलाई फेरि जोड्ने बताए।
Shares
प्रतिक्रिया