ad ad

राजनीति


आफ्नो र्‍यालीलाई रोक्न सडकमा राखिएको बस भारतका किसानले ट्याक्टरले ठक्कर दिँदै हटाए

आफ्नो र्‍यालीलाई रोक्न सडकमा राखिएको बस भारतका किसानले ट्याक्टरले ठक्कर दिँदै हटाए

नेपालखबर
माघ १३, २०७७ मंगलबार ९:९,

कोरोना महामारीका कारण पहिलोपटक त्यहाँ परेडमा सामिल सुरक्षाकर्मीले मास्क लगाएका छन्।

पहिलोपटक बंगलादेशका विशेष सैन्य दस्ताले दिल्लीको राजपथमा मार्चपास गरेका छन्।

यसपटकको गणतन्त्र दिवसमा अर्को देशका प्रमुख अतिथिका रुपमा कोही सहभागी छैनन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अन्तिम समयमा आएर नयाँ कोरोना भाइरसको कारण देखाउँदै भारत भ्रमण रद्द गरेका थिए।

भारतमा यसपटकको गणतन्त्र दिवसमा अर्को रुप पनि देखिएको छ। आजै सरकारसँग असन्तुष्ट किसानहरुले देशव्यापी ट्याक्टर र्‍याली निकालेका छन्।

उनीहरुले आफ्नो माग पुरा गर्न हरियाणा, पन्जाब, उत्तरप्रदेश लगायतका क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।

यसबीचमा किसानको ट्याक्टर र्‍यालीलाई रोक्न प्रहरीले विभिन्न स्थानमा सडकमै बसहरु राखेका थिए।

तर किसानहरुले त्यस्ता बसहरुलाई ठक्कर दिएर सडकबाट हटाएका छन्। शान्तिपूर्ण प्रदर्शन भनिएपनि प्रहरी धरपकडका कारण केही क्षेत्रमा अवस्था बिग्रिएको बताइएको छ।

प्रहरीले किसानलाई हटाउन अश्रु ग्यास प्रहार गर्नुको साथै लाठी चार्जसमेत गरेका छन्।

भारत सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म् २० भन्दाबढी पुगेको छ।

नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .