राजनीति


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दर्ता भयो अदालतको अपहेलना मुद्दा

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दर्ता भयो अदालतको अपहेलना मुद्दा

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:५२,

सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अपहेलना मुद्दा आज मंगलबार दर्ता गरेको छ।

९४ वर्षीय वकिल कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गरेको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको मुद्दा दर्ता भएको हो।

वरिष्ठ अधिवक्ता आचार्यको मुद्दा ५२२१ नम्बरमा र  अधिवक्ता न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको हाे।

यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई ‘बाजे’ र संवैधानिक इजलासमा भइरहेको बहसलाई लक्षित गर्दै ‘तमासा’ भनेका थिए।

सोहीविरुद्ध गत आइतबार नै आचार्यले मुद्दा दायर गरेका थिए। न्यौपानेले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै सोमबार मुद्दा दायर गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कानुन व्यवसायी, राजनीतिक दलका नेता, नागरिक समाजलगायतबाट चर्को विरोध भइरहेको छ।

यो पनि –
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad