अज्लाजिराका अनुसार अमेरिकाको ७८ औं अर्थमन्त्रीको रुपमा ज्यानेटलाई सिनेटले अनुमोदन गरेको हो।
माथिल्लो सदन सिनेटमा भएको मतदानमा ज्यानेटको पक्षमा ८४ र विपक्षमा १५ मत खसेको बताइएको छ।
यससँगै बाइडेनको प्रशासनमा ज्यानेट पहिलो मन्त्री बनेकी छिन्। आजै उनले शपथ लिने कार्यतालिका छ।
७४ वर्षकी येलेनले अमेरिकी केन्द्रीय बैंकमा सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व सम्हालेकी थिइन्। उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेको अनुभव छ।
3
Shares

प्रतिक्रिया