अमेरिकी राजदूत रेन्डी बेरीले नेपालको शीर्ष नेतृत्वलाई भेट्ने क्रममा आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन्।
अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेपछि सो मुलुकको नयाँ नेतृत्वको सन्देश राष्ट्रपति भण्डारीलाई दिन आफूले भेट गरेको उनले बताएका छन्।
राष्ट्रपति भण्डारीसँगको भेटमा अमेरिकाका नयाँ प्रशासनले आफ्नै देशभित्र र अन्यत्रसमेत प्रजातन्त्रको सुदृढिकरण गर्न र महिला तथा बालबालिकाको अधिकारका लागि कसरी थप सशक्तताका साथ काम गर्नेछ भन्ने सन्देश दिएको उनले बताएका छन्।
उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर अमेरिकाको नयाँ प्रशासनले अवलम्बन गर्ने नीति र प्राथमिकताबारे जानकारी गराएका थिए।
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेपछि बिभिन्न महत्वपूर्ण एजेन्डामा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिहरुलाई उल्ट्याएका छन्।
जलवायु परिवर्तन, मुश्लिम तथा अल्पसंख्यक, महिला तथा प्रजनन अधिकार, बिभिन्न गठबन्धन आदिबारे ट्रम्पले अवलम्बन गरेका नीतिलाई बाइडेनले कार्यभार सम्हाल्नासाथ उल्ट्याएका हुन्।
यो पनि :
- अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेर बताए राष्ट्रपति बाइडनका यी प्राथमिकता
- प्रचण्डसँग अमेरिकी राजदूतको भेटः बाइडेनका प्राथमिकताबारे दिए यस्तो जानकारी
Shares

प्रतिक्रिया