राजनीति


भ्रष्टाचार गरेर दरबार बनाएको आरोपको खण्डन गरे रुसी राष्ट्रपतिले, यसो भने..

भ्रष्टाचार गरेर दरबार बनाएको आरोपको खण्डन गरे रुसी राष्ट्रपतिले, यसो भने..

नेपालखबर
माघ १३, २०७७ मंगलबार ६:२८,

पुटिनले कृष्ण सागर ‘ब्ल्याक सि’ मा बनिरहेको विलासी दरबार आफ्नो नभएको बताएका छन्।

सरकारको कट्टर आलोचक रहेका विपक्षी नेता एलेक्सी नभाल्नीको आरोपहरुलाई पुटिनले अस्वीकार गरेका हुन्।

राष्ट्रपति पुटिनलाई भ्रष्टाचारी पुष्टि गर्न नभाल्नीले बनाएको एउटा खोजमूलक भिडिओ हालै सार्वजनिक भएको थियो। त्यस भिडिओलाई हालसम्म्म करोडौंपटक हेरिएको छ।

उक्त भिडिओमा नभाल्नीले विलासी दरबार निर्माणका क्रममा पुटिनले कालोधनको प्रयोग गरेको आरोप लगाइएको छ।

पुटिनका अनुसार भिडिओमा लगाइएका सबै आरोपहरु झुठा हुन्।

उनले आफूलाई नभाल्नीले बनाएको झुठो भिडिओ हेर्ने फुर्सद नभएको र त्यो भिडियो अल्छीलाग्दो भएको पनि बताएका छन्।

पुटिनका कट्टर आलोचक मानिएका विपक्षी नेता एलेक्सी नभाल्नीलाई गत जनवरी १७ मा स्वदेश फर्कना साथ गिरफ्तार गरिएको छ।

Image shows Alexei Navalny in the videoनभाल्नी

नभाल्नीलाई गिरफ्तार गरिएको दुई दिनपछि नै उनका समर्थकले पुटिनलाई भ्रष्टाचारी पुष्टि गर्न नभाल्नीले बनाएको एउटा खोजमूलक भिडिओ सार्वजनिक गरेका थिए। नभाल्नीका समर्थकले आन्दोलनसमेत थालेका छन्।

पुटिनले नभाल्नीको पक्षमा प्रदर्शन नगर्न आग्रह गरेका छन्। सन् २०१४ मा नभाल्नीमाथि कालोधनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो।

उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई ३० दिनका लागि हाल थुनामा राखिएको हो।

यो पनिः पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप

(नभाल्नीले बनाएको भिडिओबारे रिपोर्ट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad