खेल


बिगबास लिगः सन्दीप विकेटविहीन, होबर्टले ब्याटिङ गर्दै

बिगबास लिगः सन्दीप विकेटविहीन, होबर्टले ब्याटिङ गर्दै

नेपालखबर
माघ १३, २०७७ मंगलबार ६:२६,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग क्रिकेटको आजको खेलमा विकेटविहीन भएका छन्।

मेलवर्नमा जारी लिगमा सन्दीप सम्मिलित होबर्ट हरिकेन्सले मेलवर्न रेनेगेट्ससँग प्रतिस्पर्धा गरिरहेको छ। यसअघि सिड्नी सिक्र्सससँगको खेलमा २ विकेट लिएका सन्दीप आज विकेट विहिन भएका हुन्। सन्दीपले आफ्नो स्पेलमा ३५ रन खर्चे।

रिले मेरिडिथले ३ तथा डि अर्ची सर्ट र स्कट बोल्याण्डले एक एक विकेट लिए।

हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पारेको छ।

जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको हरिकेन्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

७ खेलमा जित र ६ खेलमा हार भोगेको हरिकेन्स अंक तालिकाको छैटौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad