राजनीति


प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि आज पनि सुनुवाइ, शम्भु थापाले सुरु गरे बहस

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि आज पनि सुनुवाइ, शम्भु थापाले सुरु गरे बहस

नेपालखबर
माघ १३, २०७७ मंगलबार ६:१४,

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलबार पनि सुरु भएको छ।

मंगलबार पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनले सोमबार दिउँसोबाटै बहस गरिरहेका छन्।

सोमबार उनको बहस नसकिएपछि मंगलबार पनि निरन्तरता दिएका हुन्।

बहसको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ। विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन्। तर यी सबैले बहस भने गर्नेछैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो। साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो।

सो निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको हो।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।

यो पनि –
इजलासमा भारी शम्भु थापाः न न्यायाधीशको प्रश्न, न समयको छेकबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad