राष्ट्रिय महिला लिगमा आज विभागीय डर्बीमा सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन्।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ। लिगमा अपराजित रहेका दुवै टोली सोही लयलाई निरन्तरता दिन चाहन्छन्।
हालसम्मका दुवै खेलमा जित निकालेको एपीएफ ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। एकमा जित र एकमा बराबरी गरेको आर्मी ४ अंकसहित दोस्रो स्थानमा छ।
एपीएफले पहिले खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० ले हराएको थियो। दोस्रो खेलमा विराटनगर मोरङलाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगाएको थियो।
आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी गर्दै अंक बाँडेको थियो। अर्को खेलमा वालिङ नगरपािलका स्याङ्जालाई ७–० ले हराएको थियो थियो।
3
Shares

प्रतिक्रिया