राजनीति


नागरिक आन्दोलनमा दमन ‘ओलीतन्त्र’को अन्त्यअघिको छटपटी : गगन थापा

नागरिक आन्दोलनमा दमन ‘ओलीतन्त्र’को अन्त्यअघिको छटपटी : गगन थापा

नेपालखबर
माघ १२, २०७७ सोमबार २३:५६,

नेपाली कांग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमा दमन गर्नु ‘ओलीतन्त्र’ अन्त्यको संकेत भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शनमा उत्रिएका नागरिक अभियन्तालाई प्रहरीले दमन तथा धरपकड गरेको थियो।

यसैको आक्रोशमा नेता थापाले अब ओलीतन्त्रको अन्त्य हुने बेला आएको बताएका हुन्। 

‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो,’ सोमबार साँझ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तानाशाहहरू ढल्नुअघि नागरिकलाई यसरी नै हेप्छन्, अनि आफैं सकिन्छन्।’

याे पनि : 

नागरिक आन्दोलन: कैयौं अभियन्ता घाइते, १२ जनाको बिभिन्न अस्पतालमा उपचार जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad