पूर्वउपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य बिग्रिएपछि नेता सिंह सोमबारदेखि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।
उनको स्वास्थ्य सुधारोन्मुख रहेको सिंह निकट पूर्वविद्यार्थी नेता युपी लामिछानेले नेपालखबरलाई जानकारी दिए।
उनलाई ज्वरो, सुगरको मात्रा बढेको र युरिन समस्या भएको लामिछानेले बताए। पार्टीका नेता रामचन्द्र पौडेललगायतले सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
3
Shares

प्रतिक्रिया