कारोबार


ह्याम्स अस्पतालले सुरु गर्‍यो एयर एम्बुलेन्स सेवा

ह्याम्स अस्पतालले सुरु गर्‍यो एयर एम्बुलेन्स सेवा

नेपालखबर
साउन २१, २०७६ मंगलबार ६:४३,

काठमाडौंको धुम्वाराहीमा अत्याधुनिक हेलिप्याडसहितको अस्पताल भवन निमार्ण गरी नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको ह्याम्स अस्पतालले सोमबारदेखि रुफटप हेलिप्याडसहित एयर एम्बुलेन्स सेवा सुरु गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण्डर्ड विभाग, सिनामंगलबाट सोमबारदेखि अनुमति लिई ह्याम्स अस्पतालको छतमा नवनिर्मित हेलिप्याडमा एयर डाइनेष्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्वुलेन्स सेवा सुरु गरेको ह्याम्स अस्पतालले बताएको छ।

एयर एम्बुलेन्स सेवा उद्घाटन कार्यक्रममा उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, प्रो.डा. भगवान कोइराला, प्राडा अर्जुन कार्की, अस्पतालका अध्यक्ष रामशरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्त लगायत रहेका थिए।

medicity 11

नेपालको भौगोलिक अवस्थाअनुकूल छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतु दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्बुलेन्स सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए।

हेलिकोप्टर एयर एम्बुलेन्स सेवामा विगत सात वर्षदेखि सक्रिय डा. संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट विरामी ल्याउन एयर एम्बुलेन्सको रुपमा हेलिकोप्टर सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए । यसै गरी उनले भेन्टिलेटरको माध्यमबाट आकस्मिक सेवाका बिरामीहरु ल्याउन पनि हेलिकोप्टर सेवा उपयुक्त हुने बताए।

नेपालमा हालसम्म २/३ वटा अस्पतालले मात्र एयर एम्वुलेन्सको सेवा दिइरहे पनि ह्याम्स अस्पतालले सुरु गरेको हेलिप्याडसहितको स्वास्थ्य उपचारले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको अस्पतालले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad