सुनको मूल्य आज ६८ हजार प्रतितोला पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ६८ हजार र तेजाबी सुन ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ आज २ सय रुपैयाँले बढेको हो।
त्यस्तै आज चाँदीको भाउमा भने अघिल्लो दिनको तुलनामा कुनै फेरबदल नभएको संघले जनाएको छ। आज चाँदी प्रतितोलाको मूल्य ७ सय ९५ रुपैयाँ रहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।
दुई दिनअघि छापावाल सुन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार ६८ हजार पुगेको हो। यो भनेको दुई दिन अवधिमा १ हजार ७ सय रुपैयाँ महंगो भएको हो।
सुन महंगिएपछि बजार भने सुस्त भएको छ। खासगरी विश्वबजारको प्रभावका रुपमा यसलाई हेरिएको छ। अमेरिका र चीनबीचको व्यापार युद्ध, जम्मु काश्मिर विवाद र इरान र पश्चिमा देशबीचको तेल विवादलाई सुनको भाउ आकाशिनुको कारण मानिएको छ।
Shares

प्रतिक्रिया