मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मनुओल लोपेज ओब्रेडोरलाई कोरोना भाइरसको संक्रमण भएको छ।
उनी आफैंले स्थानीय समयअनुसार आइतबार साँझ ट्विट गरी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे सीएनएनले जनाएकाे छ।
हल्का लक्षण मात्र देखिएको र उपचार जारी रहेको उनले उल्लेख गरेका छन्। साथै आफ्ना जिम्मेवारी राष्ट्रपतिको कार्यालयबाटै निरन्तर गर्ने पनि उनले बताएका छन्।
जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मेक्सिकोमा अहिलेसम्म १७ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भइसकेको छ भने तीमध्ये १ लाख ४९ हजार संक्रमितको मृत्यु भइसकेको छ।
3
Shares

प्रतिक्रिया