समाज


मध्य तराईका जिल्लामा बाक्लो हुस्सु र शीतलहर : जनजीवन कष्टकर

मध्य तराईका जिल्लामा बाक्लो हुस्सु र शीतलहर : जनजीवन कष्टकर

नेपालखबर
माघ १२, २०७७ सोमबार २:४९,

एक साता लामो शीतलहरपछि केही सुधार भएको मध्य तराईका जिल्लाको मौसम पुनः खराब भएको छ।

आइतबारदेखि प्रदेश २ का अधिकांश जिल्लामा पुनः बाक्लो हुस्सु र शीतलहर सुरु हुँदा जनजीवन कष्टकर बनेको छ। आइतबार तराईका अधिकांश जिल्लामा दिनभरी नै घाम लागेन। सोमबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ।

माघको पहिलो साता तराईका जिल्लामा एक साता भन्दा लामो समयसम्म हुस्सु र तुसारो परेको थियो। केही दिन घाम लागेपछि तराईका जिल्लामा पुनः बाक्लो कुहिरो र शीतलहर सुरु भएको हो।

बाक्लो हुस्सु र शीतलहरको कारण प्रदेश २ का सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, बारा, पर्सासहितका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। शीतलहरको सबैभन्दा बढी मार उखुखेती भित्र्याउँदै गरेका किसानलाई परेको छ।

त्यसैगरी शीतलहरले बालबालिकाको पढाइ पनि प्रभावित भएको छ। प्रदेश २ का विभिन्न जिल्लाका कतिपय स्थानीय तहले केही दिन जाडो बिदा दिएर आइतबारदेखि विद्यालय सञ्चालन गरेका थिए। आइतबारदेखि पुनः शीतलहर सुरु भएपछि बालबालिकालाई विद्यालय आउन समस्या भएको सर्लाहीका हरिवनस्थित महादेव जनता माविका शिक्षक विनोद भट्टराईले बताए।

बाक्लो हुस्सु र शीतलहरको कारण बजार र सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप कम भएको छ। चिसोबाट जोगिन मानिसहरु घरभित्रै बस्न थालेका छन्। हुस्सुको कारण राजमार्गमा सवारी सञ्चालन गर्न पनि समस्या भएको चालकहरुको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad