ad ad

राजनीति


प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु : यी हुन् मुख्य तीन एजेन्डा

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु : यी हुन् मुख्य तीन एजेन्डा

नेपालखबर
माघ ११, २०७७ आइतबार ७:४१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।

आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको नेता बेदुराम भुसालले जानकारी दिए।

उनले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभा बारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने जानकारी दिए।

‘आजको बैठकमा ओलीलाई सोधिएको स्पष्टीकरण, शुक्रबारको विरोधसभाको समीक्षा र आन्दोलनका थप कार्यक्रम मुख्य एजेन्डा रहेका छन्’, नेता भुसालले नेपालखबरसँग भने।

माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेताहरु मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए।

तीन दिनभित्र स्पष्टीकरण दिन पत्रमा उल्लेख भएको भए पनि एक हप्ताबित्दा समेत स्पष्टीकरण नआएपछि उनलाई साधारण सदस्यबाटै कारबाही गर्न लागिएको नेता भुसालले जानकारी दिए।

त्यस्तै बैठकमा  संगठनका विषयमा पनि छलफल हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .