ad ad

कारोबार


राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

नेपालखबर
माघ ११, २०७७ आइतबार ७:३६,

एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आईएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ। 

सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो।

राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्न अब यसले सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ। 

यो त्रिपक्षीय सम्झौतापश्चात् सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार व्यक्त गरे।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पु¥याउन र सरकारी कर तथा राजस्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .