नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई रैतीकै दर्जामा राखेर श्री ३ महराजको जस्तो सम्मान खोजेको बताएका छन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि राष्ट्रपति र प्रधानमन्त्री लगायतका सम्मानित पदमा बस्नेलाई ‘तिमी’ भन्न नहुने ‘तपाईं’ भन्नुपर्ने बताएको थिए। प्रधानमन्त्री ओलीको सोही भनाइप्रति टिप्पणी गर्दै नेता गुरुङले ओलीलाई नवसमन्तवादी भएको बताएका छन्।
उनले तत्कालीन श्री ३ महाराजको उदाहरुण दिँदै उनीहरुले जनतालाई ‘तँ’ भने पनि जनताले भने राजकीय भाषामा सम्बोधन गर्ने गरेको र अहिले ओलीले पनि जनतालाई रैती ठानेर आफूलाई श्री ३ महाराज ठानेको बताएका छन्।
‘श्री ३ महाराजहरुले जनतालाई रैतीको दर्जामा राखेर सबैलाई ‘तँ’ भन्थे। तर रैती (जनता) ले श्री ३ महाराजहरुलाई राजकीय भाषाले सम्बोधन गर्नुपर्थ्यो। आज पनि जनतालाई रैतीकै दर्जामा राखेर शासकहरुबाट श्री ३ महाराज सरहकै जबर्जस्ती ‘सम्मान’ खोज्नु नव सामन्तवाद हैन र?’, नेता गुरुङले ट्विटरमा लेखेका छन्।
— Dhan Raj Gurung (@dhanrgrg) January 23, 2021श्री ३ महाराजहरुले जनतालाई रैतीको दर्जामा राखेर सबैलाई "तँ" भन्थे। तर रैती (जनता) ले श्री ३ महाराजहरुलाई राजकीय भाषाले सम्बोधन गर्नुपर्थ्यो। आज पनि जनतालाई रैती कै दर्जामा राखेर शासकहरुबाट श्री ३ महाराज सरहकै जबर्जस्ती "सम्मान" खोज्नु नव सामन्तवाद हैन र?

प्रतिक्रिया