ad ad

राजनीति


कैलालीको टीकापुरबाट विप्लवका तीन कार्यकर्ता पक्राउ

कैलालीको टीकापुरबाट विप्लवका तीन कार्यकर्ता पक्राउ

नेपालखबर
माघ १०, २०७७ शनिबार ६:४८,

कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नगर इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ परेका छन्।

विप्लव नेकपाले आयोजना गरेको नेपाल बन्दका क्रममा शनिबार बिहान बन्द गराउँदै हिँडेका उनीहरुलाई कैलालीको टीकापुरबाट पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्।

प्रहरीले केही दिनअघि ललितपुर र मकवानपुरको सीमानाबाट पक्राउ परेका पार्टीका नेता धर्मेन्द्र बास्तोला कञ्चनसहित सबे पक्राउ परेका नेताहरुलाई विना सर्त रिहाइको माग गर्दै उक्त समूहले आज नेपाल बन्द गरेको हो।

बन्दको क्रममा केही स्थानमा बम र केही स्थानमा शंकास्पद बस्तु भटिए पनि अहिलेसम्म कुनै अप्रिय हटान भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .